कांग्रेसले हेपे एमालेसँग मिल्ने प्रचण्डको भनाइप्रति शंकर पोखरेलको जवाफ- एमालेले लिए न मिल्ने हो (भिडिओ) – Nepal Press

कांग्रेसले हेपे एमालेसँग मिल्ने प्रचण्डको भनाइप्रति शंकर पोखरेलको जवाफ- एमालेले लिए न मिल्ने हो (भिडिओ)

प्रचण्ड–माधव देउवाको कार्यकर्ता भइसके, नेताबाहेक कार्यकर्तालाई एमालेमा ल्याउँछौं

धादिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड–माधव समूह कसैको सहयोगबिना चुनाव जित्ने अवस्थामा नरहेकाले कांग्रेसले हिर्काए एमालेसँग मिल्ने भनेर घुर्क्याउन थालेको टिप्पणी गरेका छन् ।

धादिङमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब प्रचण्ड–माधवसँग एमालेको एकता नहुने तर कार्यकर्तालाई भने एमालेमा फर्काइने बताए ।

पोखरेलले भने– हिजो आज सुन्दैछु, कांग्रेसले टेरेन भने एमालेसँग मिल्दिन्छौं । एमालेले लिए न मिल्ने हो । कांग्रेसले हिर्कायो अब आऊ भन्नेवाला छैनौ । हिजो नेताका टाउका मिलाएर गयौं,जनताले मत दिए । तर जनतलाई धोखा दिएर उनीहरु गए । फेरि तिनीहरुलाई लिएर गयौं भने जनताले हामीलाई पत्याउँछन् ?

हिजो मिलेर चुनाव लड्दा जनताले दिएको जनमतमाथि घात गर्नेहरु नेताहरु अब एमालेलाई स्वीकार्य नरहेको बताए ।

नेताका टाउका मिलाएर केही नहुने रहेछ भन्दै उनले अब कार्यकर्ताको मन मिलाउने पोखरेलले ।

उनले प्रचण्ड माधवबाहेक अरुलाई नेकपा एकताको निरन्तरताका रुपमा एमालेमा समाहित हुन ढोका खुला रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर