युरेनियम कारोबारीको आरोपमा पक्राउ परेका कांग्रेस नेता छुटे, सरकारी वकिलद्वारा फाइल फिर्ता – Nepal Press

युरेनियम कारोबारीको आरोपमा पक्राउ परेका कांग्रेस नेता छुटे, सरकारी वकिलद्वारा फाइल फिर्ता

काठमाडौं । युरेनियम कारोबारको आरोपमा पक्राउ परेका परेका ललितपुरका कांग्रेस नेता नवराज महत छुटेका छन् ।

काठमाडौं प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएकोमा सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भन्दै फाइल फिर्ता पठाएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

‘मुद्दा अगाडि नबढ्ने भएपछि उहाँहरूलाई हिरासतमा राखिरहन मिलेन । त्यसैले छाडिएको हो’, एसपी मैनालीले भने ।

काठमाडौं सरकारी वकिल प्रमुख गंगाप्रसाद पौडेलले बरामद भएको वस्तु युरेनियम नभएको देखिएकाले फाइल फिर्ता पठाइएको बताए ।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले फागुन २ गते साँझ महतसहित अन्य केहीलाई हायात होटलको पार्किङबाट पक्राउ गरेको थियो । महत २०७४ को प्रदेश निर्वाचनमा माओवादी नेता राजकाजी महर्जनसँग पराजित भएका थिए ।

आणविक ऊर्जा तथा हतियार बनाउन प्रयोग हुने ‘युरेनियम’ बिक्री-वितरणमा उनीहरू संलग्न रहेको प्रहरीको दाबी थियो । प्रहरीले नै ग्राह भएर उनीहरूसँग खरिदको डिल गरेको थियो ।

प्रतिकेजी ३५ करोडमा बिक्री गर्ने सहमतिपछि उनीहरू हायात पुगेको प्रहरीले बताएको थियो । प्रहरीले झोला नखोली परीक्षणका लागि पठाएको थियो ।


प्रतिक्रिया

One thought on “युरेनियम कारोबारीको आरोपमा पक्राउ परेका कांग्रेस नेता छुटे, सरकारी वकिलद्वारा फाइल फिर्ता

  1. अहिले काँग्रेसका बदमासलाई मुद्दा नचलाउने र अरू बदमाससँग पैसा खाएर मुद्दा नचलाउने गर्न थालेका छन् । अख्तियारमा गएर सरकारी वकिलका नाईकेले थर्काए भन्ने पनि सुनियाे । यस्ता भ्रष्टले थर्काउँदैमा अख्तियार थर्किने हाेईन कि यस्तालाई भ्रष्टाचारकाे मुद्दा चलाउनुपर्याे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर