एमाले महासचिवको चुनौती- पाँचवटाले नसके ६ पार्टी गठबन्धन बनाएर आए हुन्छ (भिडिओ) – Nepal Press

एमाले महासचिवको चुनौती- पाँचवटाले नसके ६ पार्टी गठबन्धन बनाएर आए हुन्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी बैशाखमा हुने स्थानीय तहको चुनावमा ६ वटा पार्टीकाे गठबन्धन बनाएर चुनाव लड्न चुनौती दिएका छन् ।

शनिबार काठमाडौमा आयोजित पार्टी सम्पर्क समन्वयको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी चुनावमा ६ वटा पार्टीको गठबन्धन बनाएर चुनाव लड्न सत्ता गठबन्धनलाई चुनौती दिएका हुन् ।

उनले नेकपा एमाले चुनाबमा एक्लै सामना गर्नको लागि तयार भएको बताए । महासचिव पोखरेलले अहिले सत्ता गठबन्धनले चुनाबसम्मै मिलेर जाने र एमालेलाई देखाइदिने बताउँदै आएको भन्दै एमालेसँग चुनाव लड्न  पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु पनि पार्टी थपेर मिलेर आउन चुनौती दिए ।

उनले भने,‘ चुनावसम्मै मिलेर जान्छौं एमालेलाई देखाइदिन्छौं । मिलेर आए हुन्छ । पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु थपे हुन्छ । नेकपा एमाले एक्लै सामना गर्नको लागि तयार छ । यो फोर्स त्यही सामना गर्नको लागि जुटेको छ भन्ने कुरा सबैले बुझे हुन्छ । यो त एउटा कास्टिङ मात्रै हो ।’

मनोनयको दिनदेखि नै सत्ता गठबन्धनको समय समाप्त हुने संकेत गरेको समेत दाबी गरे ।

महासचिव पोखरेलले भने,‘बैशाख ११ गते स्थानीय तहको मनोनयको दिन देशैभरीका निर्वाचन केन्द्रमा उर्लेको भीड देख्नुहुनेछ । सिहंदरबारमा बसेर गठबन्धनको कुरा गरेर जनताको अभिमतलाई खण्डित गर्न खोज्नेहरुको समय समाप्त हुदैछ भनेर संकेत ११ गतेबाटै आरम्भ हुनेछ । ’

साथै उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिरहेको आरोप लगाए । उनले भने,‘ प्रचण्डले अहिले स्थानीय तहको चुनाब ६ महिना पछि सारेर बरु प्रतिनिधिसभाको चुनाव बैशाखमा गरों भनेर सत्ता गठबन्धनको बैठकमा भन्दै आएको मैले सुने ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पटक पटक हमला भएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर