एमाले घोषणापत्रमा खेलकुद महासंघको प्रस्ताव–एक पालिका एक रंगशाला (कार्यविभाजनसहित) – Nepal Press

एमाले घोषणापत्रमा खेलकुद महासंघको प्रस्ताव–एक पालिका एक रंगशाला (कार्यविभाजनसहित)

काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) ले “एक पालिका एक रंगशाला, एक वडा एक खेल पूर्वाधार” निर्माणलाई आगामी स्थानीय निर्वाचनमा आफ्नो चुनावी घोषणापत्रमा समावेश गर्न पार्ठीलाई आग्रह गरेको छ ।

महासंघको विस्तारित बैठकले बैशाख ३० मा सम्पन्न हुने स्थानीय निर्वाचनलार्ई लक्षित गर्दै धरमबहादुर लामालाई १ हजार १ सदस्यीय स्थानीय निर्वाचन परिचालन अभियानको संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

महासंघका अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा बसेको बैठकले ३३ सदस्यीय स्थायी कमिटी तथा ७७ सदस्यीय सचिवालय सदस्य अनुमोदन गर्नुका साथै प्रदेशका इन्चार्ज तथा सहइन्चार्ज, जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज, महानगरका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ ।

त्यस्तै, महासंघले फागुन २८ गते संयुक्त राष्ट्रिय भेलामार्फत गठन भएका मातहतका २७ वटा राष्ट्रिय खेलका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ ।

महासंघको बैठकले केन्द्रमा प्रतिनिधित्व नभएका जिल्लालाई मध्यनजर गर्दै विभिन्न खेलक्षेत्रका ३० जनालाई महाधिवेशन आयोजक कमिटी सदस्यमा मनोनीत गरेको छ । साथै महासंघको विधानमा व्यवस्था भए बमोजिम २१ वटा केन्द्रीय विभागको समेत प्रमुख, उपप्रमुख र सचिव चयन गरेको प्रचार विभाग उमेश केसीले जनाएका छन् ।

महासंघले नेताहरुको कार्य विभाजन यस प्रकार गरेको छ ।

प्रदेश ईन्चार्ज
प्रदेश १– सन्तोष वान्तवा

सहइन्चार्ज

दिलचक्र राई, कृष्ण प्रसाद सिग्देल, थलु राजभण्डारी र सन्तोषी श्रेष्ठ

मधेश प्रदेश–मानदेव हजरा

सह इन्चार्ज

राजेश साह, शिवजी गुप्ता, प्रभुनारायण सिवाकोटी र अरविन्द

वागमति प्रदेश–धरमबहादुर लामा

सहइन्चार्ज

दिपक न्यौपाने, मुनाल घिसिङ, तीर्थ बहादुर खड्का, उज्ज्वल सुवेदी

गण्डकी प्रदेश– ऋषिराम गौतम

सहइन्चार्ज

प्रदीप थापामगर

लम्बिनी प्रदेश–भीम ओली

सहइन्चार्ज

प्रनीर अधिकारी, हिमाल श्रेष्ठ

कर्णाली प्रदेश–चेतनराज गिरी

सहइन्चार्ज

मोहन शाही, एनबी बस्नेत

सुदूरपश्चिम प्रदेश– विष्णु चन्द

सहइन्चार्ज
हिक्मत थापा,दिपेन्द्र गिरी

उपत्यका विशेष प्रदेश–सुदर्शन गुरुङ

सहइन्चार्ज
शैलेन्द्र श्रेष्ठ, केशव ओली,अशोक ढुंगेल

बैठकले संगठन विभाग प्रमुखमा दिपेन्द्र दाहाल,स्कूल विभाग प्रमुखमा प्रभातविक्रम कटुवाल,प्रचार विभाग प्रमुखमा उमेश केसी लगायत विभिन्न विभागका प्रमुख,उपप्रमुख र सचिव चयन गरेको छ । सोही बैठकले ३३ सदस्यीय स्थायी कमिटी चयन गरेको छ ।

स्थायी कमिटी
१. कृष्ण बस्नेत (पर्शुराम) २. ओमकृष्ण प्रसाईं, ३. उपेन्द्र कुमार पौडेल, ४ं. उमेश केसी, ५ं. यकेन्द्र बहादुर कुँवर, ६. कपिल न्यौपाने, ७. गणेशलाल कक्षपती, ८. चेतनराज गिरी, ९. डाकबहादुर रानापाल, १०. थलु राजभण्डारी, ११. दिपेन्द्र प्रसाद दाहाल, १२. धर्मकुमार श्रेष्ठ, १३. धरम बहादुर लामा, १४. नन्दा बस्याल, १५. निरेशलाल सिंह, १६. प्रनिर अधिकारी, १७. प्रभातविक्रम कटुवाल, १८.बासु नेपाल, १९. भीम ओली, २०. मानदेव हजरा, २१.मोहम्मद समीउल्लाह २२. रामकृष्ण खड्का २३. रुपेश अधिकारी, २४.रेनुका श्रेष्ठ, २५. विष्णु चन्द, २६. विदुर शर्मा, २७. विप्लव घोष, २८. शान्ता माया परियार, २९. सन्जु महर्जन, ३०. सन्तोष वान्तवा, ३१. सन्तोषी श्रेष्ठ, ३२. सुदर्शन गुरुङ र ३३. सुभाष श्रेष्ठ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर