पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन चार विद्यार्थी संगठनको माग – Nepal Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन चार विद्यार्थी संगठनको माग

काठमाडौं ।  चार विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य तत्काल फिर्ता लिन माग गरेको छ । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा बढाएको मूल्य तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

अखिल(क्रान्तिकारी), अनेरास्ववियु ,समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं)ले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ लगायत महामारीका कारण चरम आर्थिक संकटमा परेका नेपाली जनतालाई पेट्रोलियम पधार्थमा भएको मुल्यवृद्धि र त्यसको असर स्वरुप दाल,चामल,तेल,तरकारी खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु र सेवामा भएको चरम मुल्यवृद्धिले चुलो समेत बाल्न नसक्ने अवस्थामा आम नेपाली जनतालाई पुर्याएको छ। हामी बढाइएको मूल्य तत्काल फिर्ता गर्न र फिर्ता नगरिएमा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौं । ’

हप्ता दिन नबित्दै पेट्रोल,डिजल र मट्टीतेलमा पटकपटक गरिएको मुल्यवृद्धिले यातायात र ढुवानीमा प्रत्यक्ष प्रभाव पारेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

उनीहरुले नेपाल सरकार र नेपाल आयल निगमसँग यसअघि संयुक्त विद्यार्थी संगठनसँग गरिएका सम्झौता तत्काल कार्यन्वयन गर्न माग समेत गरेको छन् ।

विद्यार्थी संगठनले आयल निगम भित्र चुहावट भ्रस्टाचार, कमिशन दिनानुदिन बढ्दै गइरहेको समेत बताएका छन् ।
नेपाल आयाल निगमले बुधबार राति पेट्रोलियम पर्दाथको मूल्य बढाएको थियो ।


प्रतिक्रिया

One thought on “पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन चार विद्यार्थी संगठनको माग

  1. सरकारमा बसेर तिम्रा मन्त्रीहरू लुटने, तिमीहरू बिज्ञप्तीकाे नाटक गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर