नेपालको दावी– ओलीले एमसीसीमा सैन्य गठबन्धन मानेका थिए, हामीले व्याख्यात्मक घोषणाबाट सच्यायौं (भिडिओ) – Nepal Press

नेपालको दावी– ओलीले एमसीसीमा सैन्य गठबन्धन मानेका थिए, हामीले व्याख्यात्मक घोषणाबाट सच्यायौं (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली र शेरबहादुर देउवा मिलेर एमसीसी जस्ताकोत्यस्तै पारित गर्न खोजेपछि आफूहरुले व्याख्यात्मक घोषणामार्फत देशको पक्षमा पारित गरेको दावी गरेका छन् ।

गोरखामा आयोजित नेकपा एसको कार्यक्रममा अध्यक्ष नेपालले संसदको घोषणाले नेपालको गणतन्त्र र संविधान जारी भएको भन्दै व्याख्यात्मक घोषणा पनि त्यस्तै बाध्यकारी भएको बताए ।

नेपालले केपी ओलीको पालामा नेपाललाई इण्डो प्यासिफिक सैन्य गठबन्धनको अंग बन्ने भनेर लेखिएकोमा आफूहरुले त्यसलाई सच्याएको दावी गरे ।

नेपालले भने–केपी ओलीका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली गएको बेला एमसीसीमा नेपाल सैन्य गठबन्धनको अंग बन्ने लेखिएको थियो । हामीले हुन्न भन्यौं । हामी कुनै सैन्य गठबन्धनमा जान सक्दैनौं भनेपछि अमेरिकाले पनि एमसीसीबाट पत्र लेखेर त्यो स्वीकार गर्यो र व्याख्यात्मक घोषणासहित पारित भयो । कतिपयले व्याख्यात्मक टिप्पणीको अर्थ छैन भन्दैछन् तर संसदले नै गणतन्त्र घोषणा गरेको हो । संविधान जारी गरेको हो ।

अध्यक्ष नेपालले संसदले पारित गरेको एमसीसी र व्याख्यात्मक घोषणाले मुलुकलाई जोगाएको दावी गरे । नेपालले आउने चुनावमा एमालेलाई धुलो चटाइने दावी समेत गरे ।


प्रतिक्रिया

One thought on “नेपालको दावी– ओलीले एमसीसीमा सैन्य गठबन्धन मानेका थिए, हामीले व्याख्यात्मक घोषणाबाट सच्यायौं (भिडिओ)

  1. पिंध विनाकाे लाेटा । प्रचण्डकाे पुच्छर । अरूले पद पाएमा डाड गर्ने डाडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर