एमालेको बाकसमा जिरो मत पारेर ओलीलाई ठूलो सजाय दिनुपर्छ : झलनाथ खनाल (भिडिओ) – Nepal Press

एमालेको बाकसमा जिरो मत पारेर ओलीलाई ठूलो सजाय दिनुपर्छ : झलनाथ खनाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आउने निर्वाचनमा एमालेको बासमा जिरो मत दिएर केपी ओलीलाई दण्डित गर्नुपर्ने बताएका छन् ।

नेकपा एसको गुल्मी काठमाडौं सम्पर्क मन्चको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै नेता खनालले संविधान उल्लंघन गर्ने व्यक्तिलाई जेल सजाय दिनुपर्नेमा ओलीलाई अहिलेसम्म सजाय नमिलेको बताए ।

खनालले भने- संविधान उल्लंघन गर्ने अपराध गर्ने व्यक्तिलाई खोई सजाय अहिलेसम्म रु त्यसैले आउने निर्वाचनमा ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ र उनको बाकसमा जिरो मत दिनुपर्छ ।

ओलील पटक पटक संसद विघटन गरेको सजाय ओलीलाई दिलाउन नेकपा एसका कार्यकर्ता गाउँ गाउँमा जानुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर