प्रचण्ड सहभागी कार्यक्रमबाट पत्रकार पक्राउ गरिएको भन्दै प्रेस चौतारीको आपत्ति – Nepal Press

प्रचण्ड सहभागी कार्यक्रमबाट पत्रकार पक्राउ गरिएको भन्दै प्रेस चौतारीको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रमको समाचार संकलन गर्न गएका बेला पत्रकार बुद्ध कुमार अछामीलाई पक्राउ गरिएको भन्दै प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ ।

शनिवार माओवादी अध्यक्ष प्रचण्ड पार्टी कार्यालय उद्घाटनका लागि सिन्धुली पुगेका थिए । त्यस क्रममा विगतमा माओवादी जनयुद्धमा सहभागी भएका तर नेकपा विभाजनपछि नेकपा एमालेमा रहेका द्वन्द्व पीडित, घाइते, अपाङ्ग र बेपत्ता परिवारका सदस्यहरूले कालो झन्डा देखाएर विरोध गर्ने क्रममा अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रेस चौतारीका महासचिव हिरामान लामाले प्रेस विज्ञप्ति जारी गर्दै सोही विरोध कार्यक्रमको समाचार संकलन गर्ने क्रममा प्रेस चौतारी नेपालका नेता अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अछामी पनि विगतमा माओवादी आबद्ध थिए । उनी पछिल्लो समय एमाले निकट प्रेस चौतारीमा समाहित भएका छन् ।

विज्ञप्तिमा भनिएको छ– समाचार सङ्कलनका लागि कार्यक्षेत्रमा खटेका पत्रकारलाई नियन्त्रणमा लिने यस प्रकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कदमको चौतारी भर्त्सना गर्दछ । साथै निर्बाध प्रेस स्वतन्त्रता उपभोगको वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *