युक्रेनमा रुसी आक्रमणको २४ औं दिन : रुसमा ७ हजार एपले गरे आफ्नो सेवा बन्द – Nepal Press

युक्रेनमा रुसी आक्रमणको २४ औं दिन : रुसमा ७ हजार एपले गरे आफ्नो सेवा बन्द

कीएभ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि गत २४ फेब्रुअरीबाट रुसमा करिब सात हजार एपले प्रतिबन्ध लगाएको छ । युक्रेनमा आक्रमण सुरु भएपछि विभिन्न एपका कम्पनीहरुले रुसमा आफ्नो एप नचल्ने बनाएका हुन् ।

रुसले युक्रेनमा आक्रमण गरिरहँदा अमेरिका लगायत केही प्रमुख देशले रुसलाई विश्व अर्थतन्त्रबाट समेत अलग बनाएका छन् ।

त्यस्तै केही ठूला कम्पनीहरू जस्तै म्याकडोनाल्ड, एप्पल, मिक्रोसफ्ट, डिज्नी, आईकेया, एच एण्ड एम, एडिडास र स्टारबस्कले रूससँग व्यापार गर्न बन्द गरिएको छ । यस्तै भिजा, मास्टरकार्ड, अमेक्स लगायतका एपले कारोबार गर्न ठप्प गरेका छन् ।

रुसले आक्रमण थालेपछि स्पोर्ट्स एप एनएफएल, एनबीए, डब्लुडब्लुई र युरोस्पोर्ट्सजस्ता एपहरू रुसी एप स्टोरबाट हटाइएका छन् भने स्वास्थ्यसँग सम्बन्धित केही एपहरू माइफिटनेस पल, काइजर, पर्मानेन्टे र योगासँग सम्बन्धित एपहरू रुसी एप स्टोरबाट हटाइएकाे छ ।

मोबाइल गेमिङका एपहरुमा पनि प्रतिबन्ध लगाइएको छ । स्ट्रिमिङ एप नेटफिलिक्सले पनि अब केही दिनमा आफ्नो एप रुसबाट हटाउने भएको छ । यति मात्र नभई केही डेटिङ एप जस्तै बम्बल र बाडोले पनि रुसमा प्रतिबन्ध लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर