म्यादी प्रहरी बन्न टेकुमा लाइन (तस्बिर/भिडिओ) – Nepal Press

म्यादी प्रहरी बन्न टेकुमा लाइन (तस्बिर/भिडिओ)

काठमाडौं । स्थानीय निर्वाचनको सुरक्षार्थ एक लाख म्यादीको भर्ना प्रक्रियाका लागि आजदेखि आवेदन लिन थालिएको छ ।

चैत ११ गतेसम्म आवेदन दिन सकिने छ । कार्यालय खुला भएको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीका लागि आवेदन दिन सकिने छ । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सक्नेछन् ।

चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा गत साउन १ गतेदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तिर्णले पनि भर्ना हुन प्राथमिकता पाउनेछन् । उनीहरूले प्रवेश पत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

तीनवटै सुरक्षा निकायका अवकाशप्राप्त कर्मचारी, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरेर अवकाश पाएकाहरूलाई म्यादीमा प्राथमिकता दिइएको छ ।

म्यादी प्रहरी ४० दिनका लागि नियुक्त हुनेछन् । उनीहरूले तलवबापत एकमुष्ट ३० हजार २ सय ४०, खाद्यान्नबापत ७ हजार २ सय, पोसाकबापत ६ हजार र यातायात खर्चबापत एक हजार गरी करिब ४४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय निर्वाचन वैशाख ३० गते देशभर एकै चरणमा हुँदैछ ।

हेर्नुस् तस्बिरमा टेकु प्रहरी परिसरमा म्यादीका लागि आवेदन दिनेको भीड :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर