कतार एयरबाट उड्न लागेकी महिला साढे १९ हजार अष्ट्रेलियन डलरसहित विमानस्थलबाट पक्राउ – Nepal Press

कतार एयरबाट उड्न लागेकी महिला साढे १९ हजार अष्ट्रेलियन डलरसहित विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलरसहित एक महिला पक्राउ परेकी छिन् ।

गोरखाको बोर्लाङ-८ घर भई काठमाडौं बस्दै आएकी २३ वर्षीय रन्जिता श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । कतार एयरलाइन्सको जहाजबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी रन्जितालाई एक्से रे मेसिनमा जाँचपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

२२ लाख रूपैयाँसहित पोखरामा महिला पक्राउ

यस्तै कास्की प्रहरीले २२ लाख नेपाली रुपैयाँसहित पोखराबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ रुपौलियाका ३० वर्षीय कुलदेव कुमाल छिन् ।

काठमाडौंबाट सार्वजनिक बसमा जाँदै गरेका कुमाललाई पोखरा महानगरपालिका-३० पावर हाउसनजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर