उत्तर कोरियाले रकेट लन्चर प्रहार गरेको भन्दै दक्षिण कोरियामा अलर्ट – Nepal Press

उत्तर कोरियाले रकेट लन्चर प्रहार गरेको भन्दै दक्षिण कोरियामा अलर्ट

काठमाण्डौं । उत्तर कोरियाले आइतबार रकेट लन्चरहरू प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । ‘आइतबार बिहान उत्तर कोरियाका धेरै रकेट लन्चरहरूबाट गोली प्रहार भएको आशंका गरिएको थियो,’ जोइन्ट चिफ अफ स्टाफले भनेको छ ।

आफ्नो सेनाले सम्बन्धित घटनाक्रमलाई नजिकबाट निहाल्दै रक्षा तयारी गरेको जनाएको छ । दक्षिण प्योन्गान प्रान्तको एक अज्ञात स्थानबाट बिहान ७ः२० देखि एक घण्टाको अवधिमा पश्चिमी जलक्षेत्रमा चारवटा गोली प्रहार भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

लन्चर प्रहारको आसयबारे समीक्षा भइरहेको प्राप्त विवरणमा जनाइएको छ । उत्तरका शंकास्पद गतिविधिपछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको थियो ।

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यलय ब्लु हाउसका अनुसार बैठकले संक्रमणकालमा सुरक्षा शून्यतालाई रोक्नको लागि कडा तयारी गर्न आह्वान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर