धनकुटा-काठमाडौं सम्पर्क समाजको अध्यक्षमा चन्द्र बस्नेत, यस्तो बन्यो नयाँ कार्य समिति – Nepal Press

धनकुटा-काठमाडौं सम्पर्क समाजको अध्यक्षमा चन्द्र बस्नेत, यस्तो बन्यो नयाँ कार्य समिति

काठमाडौं । धनकुटा-काठमाडौं सम्पर्क समाजको छैटौं साधारणसभाले अध्यक्षमा चन्द्रबहादुर बस्नेतलाई चयन गरेको छ ।

काठमाडौंको कपनस्थित सामुदायिक हित सेवा समितिको भवनमा भएको निर्वाचनबाट उपाध्यक्षमा चिनिमैयाँ दाहाल, सचिवमा पूर्णबहादुर गिरी, सहसचिवमा सुजन अधिकारी, कोषाध्यक्षमा विलबहादुर थापा र सह-कोषाध्यक्षमा डिल्लीबहादुवर थापा चयन भएका हुन् ।

सम्पर्क समाजका पूर्वसचिव कुमार थापाले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिँदै नयाँ निर्वाचित सबै सदस्यलाई बधाई दिए । थापाले समाजको सचिवबाट अवकाश लिए पनि सधै समाजको सेवामा रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रका प्रमुख अतिथि तथा सक्किगोनी टेलिसिरियलका कलाकार तथा निर्देशक दिपक आचार्य (काकु)ले ६ सय सदस्य भएको धनकुटा-काठमाडौं सम्पर्क समाजको कार्यक्रममा सहाभागितामा कमि भएकाे गुनासो गरे । काकुले भने, ‘अब हुने कार्यक्रम सोल्टी होटलमा होस्, सोल्टीमा पनि नअटाएर एक दिन टुँडिखेलमा धनकुटा-काठमाडौं सम्पर्क समाजको कार्यक्रम गर्न पाउँ । त्यो कार्यक्रममा म पनि कलकारको रुपमा प्रस्तुति लिएर उपस्थित हुनेछु ।’

‘धनकुटा जन्मथलो साँचै प्यारो हुँदो रैछ’, काकुले भने, ‘धनकुटा एउटा गर्विलो इतिहास बोकेको जिल्ला हो, जहाँ ५५ झ्याले दरबार छ । त्यो दरबारमा राणकालीन शिक्षामन्त्रीहरु गएर बस्नुहुन्थ्यो । १५ वर्ष यो देश चलाउने प्रधानमन्त्री जन्माएको जिल्ला हो धनकुटा । धनकुटाले सम्झियोस् नसम्झियोस् तर म धनकुटा सँधै सम्झनेछु । धनकुटामा धेरै महोत्सवहरु हुन्छन् । धेरै टाढा-टाढाका कलकारहरु पनि बोलाइन्छन् । हामीलाइ वहाँहरुले सम्झनुहुन्न । तर त्यसमा किन गुनासो गर्दिनँ भने धनकुटा भनेको मेरो जननी हो । आमाप्रति छोराछोरीले कहिल्यै पनि गुनासो गर्नु हुँदैन । म त्यसरी सोच्छु ।’

कार्यक्रममा कलाकार आचार्यले काकुको अभिनय गर्दै भने, ‘राम ! राम ! राम ! कति धेरै उपस्थिति हो यो । धनकुटा-काठमाडौं समाजका ज्यामाका दुतहरु यति नै हुन त ? धनकुटा नेपालकै नम्बरवान जिल्ला बनाउने हो कि हैन ज्यामाका दुद हरु भनौं त ? यो कार्यक्रममा काकुले आएर हो कि हैन भन्दा के भन्दिए हुन्छ जस्तो लाग्छ हाँ ?’ भनी  हँसाएका थिए ।

कार्यक्रमका अतिथि तथा समाजसेवी मदन घिमिरेले धनकुटाबाट काठमाडौंमा आएर बसेका सबैलाइ समाजले समेटेर लैजान सुझाव दिए । धनकुटाबाट काठमाडौंमा आएर बस्नेहरुमा पहिलो समस्या बिरामी र उपचार खर्चको अभावमा आउने भएकाले यो समस्या हल गर्नका लागि संस्थाले ठोस कार्ययोजना पारित गरी काम गर्न सुझाव दिए ।

कार्यक्रममा अर्का अतिथि तथा नेपाल सरकारका पूर्वउपसचिव शिशिर घिमिरेले यो समाजले गर्ने महत्वपूर्ण कार्यक्रममा आफू सहभागी भइ सहयोग गर्ने बताए । उनले कार्य व्यस्तताले कार्यसमितिमा बसेर काम गर्न नसके पनि समाजका हरेक गतिविधमा सहभागी भइ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समाजका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर बस्नेतले धनकुटा-काठमाडौं सम्पर्क समाज विशुद्ध गैरराजनीतिक संस्था भएकाले जिल्लाका सबै साथिहरुलाई यो समाजको सदस्य बन्न आग्रह गरे । उनले भने, ‘होटलमा गएर खाँदा एकैचोटि पाँच-छ हजार खर्च गरिन्छ । दुई सय र पाँच सय तिरेर तपाईंहरुले सदस्य बनेको पैसाले क्यान्सर लागेर मर्न लागेको मान्छेको ज्यान बाँच्छ भने एक छाक नखाएर भए पनि सहयोग गर्न आग्रह गरे ।

धनकुटेलीबीचको एकता सामाजिक विकासको आवश्यकता रहेको भन्दै बस्नेतले उपस्थिति कम भएको स्वीकार्दै अब आउने कार्यक्रममा सबैलाई खबर गरी सबैलाइ समेटेर अघि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर