युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्न चीनलाई बेलायतको आग्रह – Nepal Press

युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्न चीनलाई बेलायतको आग्रह

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्न चीनलाई आग्रह गरेका छन् ।

जोनसनले सन्डे टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा रुसलाई समर्थन दोस्रो विश्वयुद्धमा गलत पक्ष रोज्नु जस्तै हो भनेका छन् ।

उनले भने, ‘समय बित्दै जाँदा रुसी अत्याचार बढ्दै गएपछि, मलाई लाग्छ कि पुटिनको आक्रामकतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बेवास्ता गर्नु मानिसहरूका लागि झन् गाह्रो र राजनीतिक रूपमा लज्जास्पद बन्दै गएको छ ।’

बेइजिङले आफ्नो तटस्थ स्थितिलाई पुनर्विचार गर्ने विश्वास जोनसनले व्यक्त गरे ।

युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा चीनले अहिलेसम्म गरेको छैन । रुसले चीनसँग सहयोग मागेको खबर पनि आएको थियो । यसअघि शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई सहयोग गरे चीनले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका थिए।

शनिबार चिनियाँ विदेशमन्त्री वाङ यीले यस मुद्दामा आफ्नो देशको अडानलाई ‘निष्पक्ष भएको बताए । उनले यस विषयमा चीनले कुनै पनि बाह्य दबाबप्रति प्रतिक्रिया नदिने पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर