एमाले सरकारबाट बाहिरिएको हो, जनताको मनबाट होइन : वरिष्ठ उपाध्यक्ष पोखरेल – Nepal Press

एमाले सरकारबाट बाहिरिएको हो, जनताको मनबाट होइन : वरिष्ठ उपाध्यक्ष पोखरेल

सुर्खेत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल राजनीतिकरूपमा ध्रुवीकरणमा गएको बताएका छन् ।

आज वीरेन्द्रनगरमा आयोजना सभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा एक तथा एमालेको नेतृत्वमा अर्को राजनीतिक शक्ति बन्ने सम्भावना बढेको बताएका हुन् । उनले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको दाबी समेत गरे ।

‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो । जनताको मनबाट बाहिरिएको छैन । आम जनाताहरूको मन, मस्तिष्कमा एमाले छ । अहिले हामी प्रतिपक्ष छौँ । आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउने छौँ र सरकारमा हुने छौं ।’

कर्णालीमा एमाले नै पहिलो शक्तिको रूपमा स्थानीय तहको निर्वाचनमा उदाउने पोखरेलको दाबी छ । उनले गठबन्धनका नाममा अहिले देशको राजनीतिलाई फोहोरी बनाइएको टिप्पणी गरे ।

‘अहिले शक्तिशाली पार्टी भन्ने दलहरूले राष्ट्रिय राजनीतिलाई फोहोरी बनाउदै गएका छन्, त्यसैले अब एमालेमा आम जनता एकजुट भएर नै सरसफाइ गर्न जरुरी रहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर