एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्गबाट निःशुल्क रेमिट्यान्स पठाउन सकिने – Nepal Press

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्गबाट निःशुल्क रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर २ महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने सकिने भएको छ ।

बैंकले समय अनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा आकर्षक योजना सार्वजनिक गरेको बताएको छ ।

बैंकले २०७८ चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुने गरी सो योजना ल्याएको हो । देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन साकिने छ ।

यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो मोबाइल बैंकिङ्ग एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने छन् ।

ग्राहक ले आफ्नो मोबाइल बैंकिङ्गको एपबाट सेन्ड रेमिट् आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर