उपभोक्त समितिबाट घुस लिएको आरोपमा मेयर पटेलविरुद्ध मुद्दा दायर – Nepal Press

उपभोक्त समितिबाट घुस लिएको आरोपमा मेयर पटेलविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको देवाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध मुद्दा दायर गरेको छ ।

उपभोक्ता समितिबाट भवन निर्माणपछि बिल भुक्तानी दिने क्रममा ५ लाख रुपैयाँ घुस लिएको आरोपमा उनीहरुविद्ध मुद्दा दायर गरिएको हो ।

पटेल र उनका सहयोगी अशोख प्रसाद पटेललाई २ लाख ५० हजार रुपैयाँ नगद र २ हजार ५० हजारको चेक लिइसकेको अवस्थामा फागुन १५ गते पक्राउ गरिएको थियो ।

काम सकिएपछि अन्तिम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग पटक पटक गरी ५ लाख रुपैयाँ लिएको अख्तियारले जनाएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘(पाँच लाख रुपैयाँ) लिएको पाइएको हुँदा निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० बमोजिमको कसुर भएकोले निज नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र अशोक प्रसाद पटेललाई बिगो रु.५,००,०००। (पाँच लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) मा उल्लेख भएबमोजिम सजायको माग दाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर