राप्रपा नेपाल ७७ वटै जिल्लामा विस्तार भएकाले अव दुबोसरि मौलाउँछः महामन्त्री बर्तौला
नेपाल प्रेस
२०७८ चैत ७ गते ८:४३
काठमाण्डाैं । कमल थापा नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई पुनर्जागृत गरेको एक महिनामा ७७ वटै जिल्लामा पार्टीकाे जिल्ला संरचना विस्तार भएकाे छ ।
याे अवधिमा राप्रपा नेपालले पार्टीको जिल्ला संरचना खडा गरी जिल्लास्थित निर्वाचन कार्यालयमा राप्रपा नेपालले पार्टीकाे अभिलेख समेत बुझाएको छ ।
राप्रपा नेपालका महामन्त्री एवं सङ्गठन विभाग प्रमुख राजाराम बर्तौलाले स्थानीय तह निर्वाचनको प्रयोजनको निम्त्ति देशैभरका ७७ निर्वाचन कार्यालयमा राप्रपा नेपाललाई अभिलेखमा राखी दर्ता गर्न निवेदन दिएको जानकारी दिए ।
७७ जिल्लामा नै राप्रपा नेपाल दर्ता भएको र काठमाण्डौंस्थित निर्वाचन आयोगमा पनि सम्पूर्ण विवरण पेस गरिएकोले अब राप्रपा नेपाल दुबोसरि मौलाउने उनकाे भनाइ छ ।
प्रतिक्रिया