एमाले उपाध्यक्ष पौडेलसहित चार नेता चीन प्रस्थान  – Nepal Press

एमाले उपाध्यक्ष पौडेलसहित चार नेता चीन प्रस्थान 

काठमाण्डाैं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वकाे टाेली चीन भ्रमणमा प्रस्थान गरेकाे छ ।

चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका हुन् ।

एमाले प्रतिनिधिमण्डल टाेली हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान चीन जान लागेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमाले उपाध्यक्ष पौडैल सिहत नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा जान लागेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर