लेटाङ घटनाका दोषीमाथि कानूनी कारबाही हुन्छ : प्रधानमन्त्री देउवा – Nepal Press

लेटाङ घटनाका दोषीमाथि कानूनी कारबाही हुन्छ : प्रधानमन्त्री देउवा

मोरङ । प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनाका दोषीमाथि कानूनी कारबाही हुने बताएका छन् ।

सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले शान्ति, सुरक्षा सरकारको दायित्व हुने भन्दै प्रहरी जवानको हत्या भएको विषयमा सरकारले कानुनी कारबाही अगाडि बढाउने बताए ।

लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षकले विद्यार्थीलाई यौन दूराचार गरेको आरोपपछि झडपको झडपमा हिजो एक महिला प्रहरीको मृत्यु भएको थियो ।

प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचन गराउने दायित्व निर्वाचन आयोगको रहेको भन्दै सरकारले आवश्यक सहयोग गर्ने बताए । वैशाख ३० मा स्थानीय निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेकोले कुनै शंका नगर्न आग्रह देउवाको आग्रह छ ।

‘सरकार तोकिएको मितिमा शान्त र निष्पक्ष निर्वाचन गराउन प्रतिबद्ध छ । यसमा कुनै शंका नगरौं । निर्वाचन आयोगले काम गरिरहेको छ’, देउवाले भने ।

प्रधानमन्त्री देउवाले आजै सुन्दरहरैंचा नगरपालिकाले स्थापना गरेको ३५ शय्याको अस्पतालसमेत उद्घाटन गरे । प्रधानमन्त्री देउवा आजै पाँचथर र खोटाङ जाने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर