यौन हिंसाको आरोपी जोगाउन शिक्षक संघको विज्ञप्ति – Nepal Press

यौन हिंसाको आरोपी जोगाउन शिक्षक संघको विज्ञप्ति

चितवन । आफ्नै विद्यार्थीलाई यौन हिंसा गरको आरोप लागेका माडी नगरपालिका १ को सोमेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछानेलाई जोगाउन माडीको नेपाली कांग्रेसनिकट शिक्षक संघले विज्ञप्ति नै निकालेको छ ।

संघका माडी नगरअध्यक्ष विश्वनाथ घिमिरेले विज्ञप्ति नै निकालेर विद्यार्थीलाई सामान्य दुर्वाच्य बोलेको विषयलाई न्यायिक प्रकृयामा लैजानु गलत रहेको दाबी गरेका हुन् ।

उनले आइतबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीले दुर्वाच्य बोलेको भनी लगाएको आरोपमा शिक्षकलाई अपमानित गर्ने दुर्व्यवहार गर्ने कार्य गरियो त्यसको भर्त्सना गर्दछौँ ।

साथै विज्ञप्तिमा यौन दुर्व्यवहार गर्ने शिक्षकविरुद्ध न्यायिक प्रकृयामा जाँदा लेखा शिक्षक लामिछानेको सम्मानपूर्वक बाँच्न पाउने हकको हनन भएको दाबी गरेको छ ।

शिक्षक लामिछानेले कक्षा ९ पढ्ने विद्यार्थीलाई यौन दुर्व्यवहार जन्य शब्दहरू बोलेपछि विद्यार्थीहरुले प्रहरीमा उजुरी दिएका छन् । आइतबार विद्यालयका केही विद्यार्थीसहित पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा बालयौन दुर्व्यवहारको उजुरी दिएकी छन् । आरोपी शिक्षकलाई आइतबार नै नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान थालेको छ ।

शिक्षक लामिछाने नेपाली कांग्रेसनिकट छन् । सहमति गरेर गाउँमै घटना सामसुम पार्न आइतबार भएको सर्वपक्षीय छलफलमा नेपाली कांग्रेस माडी नगर सभापति कमलनाथ भुसाललगायतको सहभागिता थियो । तर, पीडित पक्षले सहमति गर्न नमानेपछि प्रहरी कार्यालयमा उजुरी दर्ता भएको हो ।

हेर्नुस् शिक्षक संघ माडी एकाइ समितिको विज्ञप्ति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर