धनकुटामा एमालेविरुद्ध चार दलको गठबन्धन, संयुक्त चुनावी अभियान शुरु – Nepal Press

धनकुटामा एमालेविरुद्ध चार दलको गठबन्धन, संयुक्त चुनावी अभियान शुरु

धनकुटा । अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा क्लीन स्वीप गरेको नेकपा एमालेलाई रोक्न यसपटक धनकुटामा क्रियाशील सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दल एकठाउँमा उभिएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीले सोमबार संयुक्त पत्रकार सम्मेलनमार्फत सातैवटा स्थानीय तहमा गठबन्धन गरेर जाने बताएका हुन् ।

कांग्रेस सभापति दिनेश राई, माओवादी संयोजक डिल्लीराम राई, नेकपा एसका अध्यक्ष अर्जुन राई र जसपाका अध्यक्ष बलबहादुर राईले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा आगामी वैशाख ३० गते हुने निर्वाचनमा उच्च राजनीतिक संस्कारसहित चुनावी सहकार्यमा जाने जनाएका छन् ।

चारवटै दलले आ-आफ्ना सांगठनिक संरचनाहरुलाई स्थानीयस्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी चुनावी अभियानमा लाग्न निर्देशन दिएका छन् । यसअघि कास्की र अर्घाखाँचीमा पनि सत्ता गठबन्धनले एमालेविरुद्ध मिलेर चुनाव लड्ने सहमति गरिसकेका छन् ।


प्रतिक्रिया

One thought on “धनकुटामा एमालेविरुद्ध चार दलको गठबन्धन, संयुक्त चुनावी अभियान शुरु

  1. सक्ने भए एक्लै आउथ्यौ जनता तिमीहरूको रैती होइन परिवर्तनका वाहक हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर