नेविसंघमा ३२ वर्षे उमेरहद कार्यान्वयन गर्न माग – Nepal Press

नेविसंघमा ३२ वर्षे उमेरहद कार्यान्वयन गर्न माग

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा उमेर हद लगाउनु राम्रो भन्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघका नेताहरूले स्वागत गरेका छन् ।

कांग्रेस कार्यसम्पादन समितिले नेविसंघको तदर्थ समिति ३२ वर्ष मुनिको उमेर हदबन्दी लागू गरेर ल्याउने निर्णय गरेको थियो ।

आज त्रिभुवन विश्वविद्यालयमा ब्यानर सहित ३२ वर्ष मुनिको निर्णय छिटो कार्यान्वयन होस भन्ने माग सहितको प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरेका छन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय स्वागतयोग्य छ’ लगायतका नारा लेखिएको ब्यानरसहित विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले विद्यार्थीको नेता विद्यार्थी नै हुनुपर्ने भन्दै तत्काल ३२ वर्षमुनिको कार्यसमिति घोषणा गर्न मागसमेत गरेका छन् ।


प्रतिक्रिया

One thought on “नेविसंघमा ३२ वर्षे उमेरहद कार्यान्वयन गर्न माग

  1. सितल बिक्रम चन्द त्रिभुवन बिश्वबिद्धालय शिक्षा शास्त्र संकाय एम .एड तेस्रो सेमिस्टार says:

    एकदम राम्रो काम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर