चैत अन्तिमसम्म आफूसँग भएका हतियार बुझाउन सिरहा प्रशासनको आव्हान – Nepal Press

चैत अन्तिमसम्म आफूसँग भएका हतियार बुझाउन सिरहा प्रशासनको आव्हान

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउन सूचना जारी गरेको छ ।

वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई ध्यान दिँदै सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गरेका हुन् । सूचनामा चैत्र मसान्तभित्र आफूसँग भएको हातहतियार तथा गोलीगठ्ठा जिल्ला प्रशासन कार्यालय, सिरहामा बुझाउन भनिएको छ ।

म्यादभित्र हातहतियार तथा गोलीगठ्ठा नबुझाएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने सूचनामा चेतावनी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर