प्रचण्ड भिख माग्दै बालुवाटार र बालकोट धाइरहनुभएको छ, चुनावमा उहाँको कचौरा रित्तो नहोस् : धनराज (भिडिओ) – Nepal Press

प्रचण्ड भिख माग्दै बालुवाटार र बालकोट धाइरहनुभएको छ, चुनावमा उहाँको कचौरा रित्तो नहोस् : धनराज (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भिकारीसँग तुलना गरेका छन् । प्रचण्डले कहिले कचौरा लिएर बालकोट त कहिले बालुवाटार पुग्ने गरेको भन्दै उनले कटाक्ष गरे ।

केही दिनअघि प्रचण्ड समेतका नेतालाई लक्षित गर्दै ‘चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन्’ भन्ने अभिव्यक्ति दिएका गुरुङले स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो टिप्पणी कटाक्ष गरेका हुन् । यसअघि प्रचण्डले आफूहरुमाथि कांग्रेस नेताहरुले अतिवादी अभिव्यक्ति दिएको भन्दै प्रतिवाद गरेका थिए ।

गुरुङले सोमबार प्रचण्डलाई भने, ‘गिरिजाले आफू हारेपनि देश हार्न हुन्न भन्थे, उता सँगै हस्ताक्षर गर्ने प्रचण्डचाहिँ आफू हार्न हुन्न देश हारे हारोस भन्छन् । तपाईं ९प्रचण्ड० लाई हेरेर बिचरा भन्न मनलाग्यो । कहिले कचौरा लिएर बालकोट पुग्नु हुन्छ कहिले बालुवाटार !’

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

3 thoughts on “प्रचण्ड भिख माग्दै बालुवाटार र बालकोट धाइरहनुभएको छ, चुनावमा उहाँको कचौरा रित्तो नहोस् : धनराज (भिडिओ)

  1. यस्तो तल्लो स्तरमा कमेन्ट गरेको देख्दा धनराज दाईले उपसभापती पदको गरिमा जोगाउन सक्नु भएन।

  2. यस्तो भनि रहदा अनि यस्तो सुनी रहदा यो बिर्सनु हुन्न कि:
    २०४६ को परिवर्तन पछि जुन मान्यता मूल्यमा समाज सकारात्मक दिशामा अघि बढ्नु पर्ने थियो, जे जे भनेर आन्दोलन भएको थियो त्यो अनुसार परिवर्तन हुदै जानु पर्ने ठाउँमा त्येशलाई रोक्ने र उल्टो दिशामा हिडाउने, अझ प्रतिसोध र द्वन्द सिर्जना गर्दै राजनीतिलाई डर्टी गेम बनाउने पनि कांग्रेस र गिरिजा हुन् !! माओबादीको सुरुवाती क्रियाकलापमा मल पुग्ने गरी बिसेस गरी एमालेलाई ताछ्न प्रयोग गर्यो र एमाले समर्थकलाई जब्बर जस्ती माओबादि त्याग लगाएर दमन गर्ने गरेको हो !! त्यो क्रम सान्ति प्रक्रियामा सस्ताक्ष्यर गर्ने बेला सम्म पनि रहिरह्यो, दुक्खको कुरा गाउमा माओबादी कांग्रेसलाई ताच्थे, काठमान्डौमा एमाले सिध्दियो भनेर खुशी मनाउथे ठुला कांग्रेस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर