दिपक मनाङेको फिल्म ‘दुई नम्बरी’ बाट वर्षा बाहिरिइन्, उपासना भित्रिइन् – Nepal Press

दिपक मनाङेको फिल्म ‘दुई नम्बरी’ बाट वर्षा बाहिरिइन्, उपासना भित्रिइन्

काठमाडौं । दिपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ बाट वर्षा राउत बाहिरिएपछि नयाँ नायिकाको रुपमा उपासना सिंह ठकुरीलाई फाइनल गरिएको छ । वर्षाले व्यस्तताको कारण देखाउँदै सो चलचित्रबाट अलग भएकी थिइन् ।

चलचित्रको प्रस्तुतकर्ता किरण नेपालले वर्षाको स्थानमा उपासनालाई अनुवन्धित गरिएको पुष्टी गरे । चलचित्रको छायांकन १५ चैतबाट हुने उनले जानकारी दिए ।

यस चलचित्रमा पल शाहको मूख्य भूमिका रहने भनिएको थियो । तर, पल पक्राउ परेपछि उनको स्थानमा सौगात मल्ललाई राखिएको छ । पललाई रिप्लेस गर्ने निर्माण पक्षको निर्णयसँगै वर्षाले पनि सो चलचित्र नखेल्ने निर्णय लिएकी थिइन् ।

‘दुई नम्बरी’ का एक निर्मातामा गण्डकी प्रदेशका खेलकुदमन्त्री दिपक मनाङे पनि रहेका छन् । फिल्ममा दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेनको पनि महत्वपूर्ण भूमिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर