विप्लवको प्रस्ताव अल्पमतमा पर्दै, चुनाव बहिष्कारको पक्षमा बहुसंख्यक नेता (सूचीसहित) – Nepal Press

विप्लवको प्रस्ताव अल्पमतमा पर्दै, चुनाव बहिष्कारको पक्षमा बहुसंख्यक नेता (सूचीसहित)

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । सोमबारसम्म ३६ जनाले महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ ले पेश गरेको राजनीतिक प्रस्तावमाथि धारणा राखिसकेका छन् ।

महासचिव विप्लवबाहेक चारजना सचिवालय सदस्यहित ३६ जना केन्द्रीय सदस्यले बोलिसक्दा चुनावमा बहिष्कार गर्ने मत प्रभावशाली देखिएको छ । विप्लवको राजनीतिक प्रस्तावले चुनावको उपयोग गर्नुपर्ने वकालत गरे पनि धेरै नेता त्यसको विपक्षमा खुलेका हुन् ।

३६ जनामध्ये २२ जनाले चुनावमा जानु नहुने मत व्यक्त गरेको स्रोतले बतायो । चुनावमा सहभागी हुनु क्रान्तिविरुद्धमा हुने भएको भन्दै बहिष्कार गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

महासचिव विप्लवका निकट मानिएका बाला थापा, ध्रुब घिमिरे, बसन्त श्रेष्ठलगायतका नेताले पनि विपक्षमा बोलेपछि वैठकमा तरंग आएको छ ।

चुनावमा सहभागी हुने प्रस्तावको विपक्षमा धारणा राख्ने नेता को–को ?

हेमन्द्र प्रकाश ओली ‘सुर्दशन’

धर्मेन्द वास्तोला ‘कञ्चन’

उदय चलाउने ‘दिपक’

चुणामणी ओली

सावित्रा दुरा

गुणराज लोहनी

बसन्त श्रेष्ठ

नविन विश्वकर्मा

कृष्ण वाग्ले

मोहलाल चन्द

सन्देश पौडल

दिपेश राई

बन्धु चन्द

बाला थापा

धुब्र घिमिरे

शीतल लगायत

पार्टीका प्रवक्ता एवम् सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित ८ जनाले आफ्नो निर्वाचनकाे पक्षमा मत राखेका छन् । पक्षमा बोल्ने नेताले चुनावलाई पनि क्रान्तिको पक्षमा उपयोग गर्न सकिने बताएका थिए ।

चुनावमा भाग लिने पक्षमा को–को ?

खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’

सन्तोष बुढा मगर

अनिल शर्मा ‘बिरही’

भरत बम ‘रणविर’

उमा भुजेल ‘शिलु’

ओम प्रकाश पुन

माइला लामा

चिरन पुन लगायत

चार जनाले भने निर्वाचनमा जाने वा नजाने कुनै पनि पक्षमा विचार नराखेकाे एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग बताए । उनका अनुसार कुल ६५ जना केन्द्रीय सदस्यमा अझै चुनावमा सहभागी हुने प्रस्तावको विपक्षमा बोल्ने धेरै नेता थपिने देखिएकाे छ ।

अहिलेसम्मको अवस्था हेर्दा चुनावको पक्षमा उभिएका महासचिव ‘विप्लव’ र प्रवक्ता प्रकाण्ड अल्पमतमा पर्ने र चुनावको विपक्षमा उभिएका सुदर्शन र कञ्चन बहुमतमा पुग्ने देखिएको छ । राजनीतिक प्रस्ताव अल्पमतमा परेपछि महासचिव विप्लवमाथि नैतिक प्रश्नसमेत उठ्ने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर