दिक्तेलमा एमालेले चुनावी जनसभा गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने – Nepal Press

दिक्तेलमा एमालेले चुनावी जनसभा गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

खोटाङ । एमाले खोटाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने बृहत् चुनावी सभाका लागि नौ समिति गठन गरेको छ । आगामी १९ चैतमा दिक्तेलबजारमा हुने चुनावसभाका लागि एमालेले जिम्मेवारी बाँडफाँट गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

५ चैतमा बसेको एमाले जिल्ला कमिटिको दोश्रो पूर्ण बैठकले जनसभालाई बृहत बनाउनका लागि उषाकला राईको संयोजकत्वमा अतिथि सत्कार तथा अध्यक्षलाई स्वागत, रमेशकुमार पौडेलको संयोजकत्वमा प्रचार–प्रसार समिति, रामप्रसाद दंगालको संयोजकत्वमा विभिन्न पार्टीमा रहेकालाई पार्टी प्रवेश गराउने कार्यक्रम, खडेन्द्र राईको संयोजकत्वमा हलेसीमा हुने कार्यक्रम व्यवस्थापन, देवबिक्रम राईको संयोजकत्वमा जनपरिचालन समिति, कुमारप्रसाद आचार्यको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, सुरेन्द्रकुमार राईको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, दिलचक्र राईको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र प्रमोद श्रेष्ठको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम परिचालन समिति गठन गरेको छ ।

एमाले अध्यक्ष ओली हेलीकोप्टरबाट हलेसी आउने, हलेसी दर्शन(घुमफिर गर्ने तथा गाडीबाट दिक्तेलको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए ।

एमालेले एक महिने अभियान सञ्चालन गर्ने

आगामी ३० वैसाखमा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भलाई लिएर एमाले खोटाङले ‘जन–जनमा एमाले, संमृद्धिका लागि जिताउँछु एमाले’ नामक एक महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ एमालेले जिल्लाका १० वटै पालिकामा एक महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

९ चैतमा केपिलासगढी गाउँपालिकामा, १० चैतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा, ११ चैतमा हलेसी तुवाचुङ नगरपालिकामा, १२ चैतमा बराहपोखरी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा, १३ चैतमा ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा, १४ चैतमा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा अभियान सञ्चालन गरिने एमाले अध्यक्ष दंगालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर