नयाँ वर्षमा बेनेलीको ‘सोझै २५ हजार क्यास डिस्काउन्ट’ अफर
काठमाडौं । इटालीको उत्कृष्ट बाइक, बेनेलीले नयाँ क्याम्पेनअन्तर्गत ‘सोझै २५ हजार क्यास डिस्काउन्ट’ नो सेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको छ ।
नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजारसम्मको नगद छुटको घोषणा गरेको हो ।
बेनेली बाइकका सबै नयाँ ग्राहकहरूले यो नगद छुट प्राप्त गर्न सक्ने छन् । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध हुने बताइएको छ ।
इटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सेग्मेन्टका बाइकहरु नेपालमा उपलब्ध छन् । भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ सीसीको लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ ।
सबै प्रकारका राइडरहरूको आवश्यकता पूरा गर्ने बेनेलीको १५० देखि ७५२ सीसीसम्मका विभिन्न बाइकहरू नेपालमा उपलब्ध छन् । बेनेली ब्रान्ड परिष्कृत सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि विश्वव्यापी रुपमा परिचित रहेको कम्पनीले बताएको छ ।
नेपालमा स्थापना भएदेखि नै बेनेलीले आफ्ना ग्राहकका लागि विभिन्न योजना र अफरहरु ल्याइरहेको छ । यो अफरले ७ हजारभन्दा धेरै उत्साही राइडरहरुको परिवारमा थप वृद्धि ल्याउने कम्पनीको विश्वास छ ।
६ वर्षभन्दा बढी समयदेखि केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले नेपालका लागि ११० वर्ष पुरानो इटालियन ब्रान्ड बेनेलीको एकमात्र आधिकारिक वितरक र बिक्रेता हो ।