गिरिजाबाबुको योगदान युगौंसम्म स्मरणीय छ : कोइराला – Nepal Press

गिरिजाबाबुको योगदान युगौंसम्म स्मरणीय छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलन र शान्तिप्रक्रियामा स्व. गिरिजाप्रसाद कोइरालाले निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन, जनप्रशासन क्याम्पसले गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा शान्तिवाटिकामा आयोजना गरेको दीप प्रज्ज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले नेपाली कांग्रेसको संगठन, नेपाली कांग्रेसको सफलता र लोकतन्त्रको प्रवर्द्धनमा गिरिजाबाबुको मेहेनत परेको बताएका हुन् ।

‘उहाँले सबैभन्दा पहिले नेपाली कांग्रेसको संगठक भएर काम गर्नुभयो । कांग्रेसलाई सफल बनाएपछि मुलुकलाई नेतृत्व दिनुभयो । माओवादी युद्ध रोक्न शान्तिप्रक्रिया सुरू गर्नुभयो । संविधानसभाबाट संविधान बनाउने यात्राको थालनी गर्नुभयो । उहाँको योगदान युगौंसम्म स्मरणीय छ’, कोइरालाले भने ।

सो अवसरमा कांग्रेस नेता दीपक गिरी, संखुवासभा कांग्रेसका सभापति दीपक खड्का, नेविसंघ निवर्तमान महामन्त्री उर्मिला थपलियालगायतले गिरिजाप्रसादको व्यक्तित्वको चर्चा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर