एमाले प्रवेश गर्दै लोसपा र माओवादी नेताले भने- मधेसले अब पहिचान होइन समृद्धि खोजेको छ (भिडिओ) – Nepal Press

एमाले प्रवेश गर्दै लोसपा र माओवादी नेताले भने- मधेसले अब पहिचान होइन समृद्धि खोजेको छ (भिडिओ)

काठमाडौं । काठमाडौंमा आयोजित कार्यक्रममा पर्साका वाइसिएल इन्चार्ज चन्दन रौनियारसहितको समूह समेत एमालेमा प्रवेश गरेको छ । नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेक थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेसका नेताहरुलले अब मधेशले पहिचान होइन समृद्धि खोजेको बताए । तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव तथा हाल लोसपाका नेता शिव पटेलले समृद्धिको नेतृत्व एमालेबाट मात्र सम्भव भएकाले आफू एमालेमा प्रवेश गरेको बताए ।

केपी ओलीमा मुलुक बनाउने हुटहुटी देखेकाले देश बन्यो भने मधेस पनि बन्छ भनेर आफूहरु मधेसवादी दल त्याग्ने निष्कर्षमा पुगेको बताए ।

पटेलले भने– मधेसले पहिचान खोजेको छैन अब समृद्धि खोजेको छ,समृद्धिको नेतृत्व एमालेमात्र गर्छ । ओलीको मन्तव्य सुनिरहन्छु अब देश बनाउने जिम्मा नेकपा एमालेको काँधमा छ भन्ने लाग्यो । देश बन्यो भने मधेस पनि बन्छ । हामीजस्ता कार्यकर्ताको मनोबल पनि उच्च हुन्छ । अब बाँकी जीवन एमालेमा समर्पित गरेको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर