नेपालको अर्थ नीति कस्तो हुने ? हरि रोक्काको नेतृत्वमा बन्यो विज्ञ समूह – Nepal Press

नेपालको अर्थ नीति कस्तो हुने ? हरि रोक्काको नेतृत्वमा बन्यो विज्ञ समूह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संविधानसभाका पूर्वसदस्य तथा अर्थ राजनीतिका विश्लेषक हरि रोक्काको नेतृत्वमा पाँच सदस्यीय विज्ञ समूह गठन गरेका छन् ।

मुलुकको समग्र आर्थिक अवस्था र विश्व अर्थतन्त्रको कारण नेपालमा पर्ने असर लगायतका विषयमा अध्ययन अनुसन्धान गरी सरकारलाई सुझावसहितको प्रतिवेदन पेस गर्न विज्ञ समूह गठन गरिएको अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीराज निरौलाले जानकारी दिए ।

विज्ञ समूहमा सोम घिमिरे, जगत श्रेष्ठ, रघुवीर विष्ट र सुगमजंग केसी छन् । यसले आर्थिक विकास र समृद्धि हासिल गर्न नीतिगत पक्षपोषण गर्ने, आर्थिक नीति विश्लेषण गर्ने र समग्र विश्व अर्थतन्त्रको समेत अध्ययन गरेर नेपालले लिनुपर्ने आर्थिक नीतिको बारेमा सुझाव दिने उनले बताए ।


प्रतिक्रिया

One thought on “नेपालको अर्थ नीति कस्तो हुने ? हरि रोक्काको नेतृत्वमा बन्यो विज्ञ समूह

  1. के काे विज्ञ समूह ? पार्टीका झाेले र भारतका खटनपटन । यस्तै हुन् देश बिगार्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *