जनकपुरमा प्रचण्डले भने- एमालेका कारण मधेसका जनताले न्याय पाउन सकेनन् – Nepal Press

जनकपुरमा प्रचण्डले भने- एमालेका कारण मधेसका जनताले न्याय पाउन सकेनन्

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका कारण मधेसका जनताले न्याय पाउन नसकेको भन्दै फेरि पनि केपी ओली मधेसमा आफ्नो प्रभाव विस्तारमा लागेको टिप्पणी गरेका छन् ।

मधेस प्रदेशको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेको कारण नागरिकता विधेयक अड्किएको आरोपसमेत लगाए । एमालेले बिनाकारण संसद चल्न नदिएको भन्दै प्रचण्डले ओली अझै प्रतिगमनकै बाटोमा रहेको बताए ।

प्रचण्डले भने, ‘म प्रधानमन्त्री हुँदा दुईपटक मधेसी जनताको भावनाअनुसार संविधान संशोधन प्रस्ताव दर्ता गरेँ । तर, एमालेले त्यसलाई असफल बनायो । एमालेले नै मधेसी जनताको अधिकारमाथि खेलबाड गरेको छ ।’

अध्यक्ष प्रचण्डले अबको दुई महिना आक्रमक ढंगले लागेर चुनाव जित्नपर्ने भन्दै जाली फटाहा र विरोधीलाई तह लगाउनेगरी ब्याटलमा उत्रिन युवाहरूलाई निर्देशनसमेत दिए ।


प्रतिक्रिया

One thought on “जनकपुरमा प्रचण्डले भने- एमालेका कारण मधेसका जनताले न्याय पाउन सकेनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर