सुदूरपश्चिम लोकसेवाले माग्यो १६७ वन रक्षक, कक्षा ८ उत्तीर्णलाई अवसर – Nepal Press

सुदूरपश्चिम लोकसेवाले माग्यो १६७ वन रक्षक, कक्षा ८ उत्तीर्णलाई अवसर

काठमाडौं । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा दरखास्त आह्वान गरेको छ ।

सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट माग भई आएअनुसार आयोगले १६७ पदमा खुला तथा समावेशी कोटामा दरखास्त आह्वान गरेको हो ।

आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासीरजनजाति २०, मधेसी १६, दलित ७, अपांग ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १६७ कोटा छुट्याएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत् आवेदन दिन पाउनेछन् । कक्षा ८ उत्तीर्ण भइ शारिरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहकाले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

One thought on “सुदूरपश्चिम लोकसेवाले माग्यो १६७ वन रक्षक, कक्षा ८ उत्तीर्णलाई अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *