चुनावी रणनीति बुन्न केन्द्रीय समिति बैठकमा लम्किएका एमाले नेता (तस्बिरहरू) – Nepal Press

चुनावी रणनीति बुन्न केन्द्रीय समिति बैठकमा लम्किएका एमाले नेता (तस्बिरहरू)

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक आज र भोलि दुई दिन चल्नेछ ।

चुनावमा केन्द्रित रहने बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

पार्टीका विभागलाई पूर्णता, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्यूरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि केन्द्रीय कमिटीको बैठकका एजेण्डामा छन् ।

बैठकमा मुख्यगरी सत्तारुढ गठबन्धनले एमालेविरुद्ध गरिरहेको तालमेलको तयारी र त्यससँग जुध्न देशव्यापी माहौलका लागि पार्टीको रणनीति बनाइ कार्ययोजना र जिम्मेवारी बाँडफाँटमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर