यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका ११ एजेण्डा


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । भोलिसम्म सञ्चालन हुने बैठकका लागि ११ वटा एजेण्डा पेस गरिएको छ । बैठक आसन्न स्थानीय निर्वाचनको रणनीतिमाथिको छलफलमा केन्द्रित हुने नेताहरूले बताएका छन् ।
बैठकले चुनावी घोषणापत्रको तयारी, उम्मेदवार सिफारिसको प्रक्रिया र मापदण्ड र निर्वाचन अभियानसम्बन्धी विषयहरू पनि टुंग्याउनेछ ।
यी हुन् बबरमहलस्थित कार्की बैंक्वेटमा चलिरहेको बैठकका मुख्य एजेण्डाहरू यस्ता छन् :-
१ . रिपोर्टिङ
२ . राजनीतिक प्रतिवेदन
३ . विभागहरूको गठन
४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया
५ . घोषणापत्र तयारी
६ . पार्टीको वार्षिक क्यालेन्डरको तयारी
७ . पार्टी स्थापना दिवस
८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९ . सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन
१० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११ . विविध