एमाले बैठकमा प्रदेश अध्यक्षहरुको रिपोर्टिङ- पार्टीप्रति जनआकर्षण बढेको छ, फुटको असर न्यून – Nepal Press

एमाले बैठकमा प्रदेश अध्यक्षहरुको रिपोर्टिङ- पार्टीप्रति जनआकर्षण बढेको छ, फुटको असर न्यून

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा सातवटा प्रदेशका अध्यक्षले स्थानीय चुनाव लक्षित पार्टीको तयारी तथा सम्भावित नतिजाको आँकलनसहित रिपोर्टिङ गरेका छन् ।

प्रदेश १ का तुलसीप्रसाद न्यौपाने,मधेश प्रदेशका रामअवतार यादव,वागमतीका केशव पाण्डे,गण्डकीका नवराज शर्मा,लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद कुमार शाह र सुदूरपशिचमका दामोदर भण्डारीको रिपोर्टिङपछि एक घण्टाका लागि बैठक स्थगित भएको छ ।

बैठकमा प्रदेश अध्यक्षहरुले पार्टी प्रति तीब्र जनआकर्षण बढेको, आधारभूत तहदेखिकै कमिटीहरु चलायमान भएको र फुटको असर अत्यन्त न्यून रहेको रिपोर्टिङ गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजाले बताए ।

बैठकमा गठबन्धन हुँदा र नहुँदाको चुनावी परिणामबारे समेत छलफल भएको थियो ।


प्रतिक्रिया

One thought on “एमाले बैठकमा प्रदेश अध्यक्षहरुको रिपोर्टिङ- पार्टीप्रति जनआकर्षण बढेको छ, फुटको असर न्यून

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर