योगेशको दाबी- कांग्रेस र प्रचण्ड-माधव समूहबीच चुनावी गठबन्धन भए एमालेलाई फाइदा हुन्छ (भिडिओ) – Nepal Press

योगेशको दाबी- कांग्रेस र प्रचण्ड-माधव समूहबीच चुनावी गठबन्धन भए एमालेलाई फाइदा हुन्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावमा सत्ता गठबन्धन मिलेर गए एमालेलाई फाइदा हुने दाबी गरेका छन् ।

केन्द्रीय कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले विचार, सिद्धान्त र कार्यदिशा नमिल्ने दलहरू चुनावमा मिल्नुको औचित्य नहुने बताए ।
उनले कांग्रेस र प्रचण्ड-माधव नेतृत्वका पार्टीबीचको गठबन्धनलाई जनताले स्वीकार नगर्ने दाबी गरे ।

सचिव भट्टराईले भने, ‘गठबन्धन के को लागि ? गठबन्धन भनेको सिद्धान्त, विचार, कार्यदिशा र नीतिका आधारमा हुन सक्छ । कार्यदिशा नमिल्ने बीच गठबन्धन भएर चुनाव कस्तो होला ? कांग्रेस माओवादी माधव नेपालको पार्टीले गठबन्धन गरे भने त्यसको फाइदा एमालेलाई हुन्छ ।’

भट्टराईले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अब सबै शक्ति स्थानीय चुनावमा केन्द्रित गर्नुपर्ने बताएको र राजनीकि प्रतिवेदनमा पनि सोही कुरा आएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर