एमाले बैठकमा अध्यक्ष ओलीले भने- पार्टीलाई प्रचण्डको कब्जामा जानबाट रोक्न संसद विघटन जरुरी थियो – Nepal Press

एमाले बैठकमा अध्यक्ष ओलीले भने- पार्टीलाई प्रचण्डको कब्जामा जानबाट रोक्न संसद विघटन जरुरी थियो

घनश्याम भुसाललाई डिबेटिङ सोसाइटी होइन पार्टीको लयमा हिड्न निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई प्रचण्डको कब्जामा पुग्नबाट जोगाउन पुस ५ गते संसद् विघटन गर्नु जरुरी थियो भनेका छन् ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डका मान्छे एमालेमा ल्याउने र उनको भाँडो रित्तिएपछि पार्टी एकता गर्न आउने बताएका छन् । घनश्याम भुसालले संसद् विघटन गलत र पार्टी एकता एमालेकै पहलमा हुनुपर्ने धारणा राखिरहेका बेला ओलीको यस्तो जवाफ आएको हो ।

बैठकमा अध्यक्ष ओलीले भने- पुस ५ गते पार्टी जोगाउन संसद् विघटन गर्नु जरुरी थियो। पार्टी कब्जा गर्न षड्यन्त्र गरेपछि त्यो गर्नु जरुरी थियो। यति बेला वामपन्थी एकता होइन पार्टी प्रवेश गर्नुपर्‍यो । प्रचण्डका मान्छे अझै यतातिर ल्याउनु पर्‍यो प्रचण्डको भाँडो रित्तो भएपछि प्रचण्डले पार्टी एकता गर्लान् नि त ।

बैठकमा अध्यक्ष ओलीले एमसीसी पास गर्छु भनेर कागज गर्ने, अर्कोतिर कार्यकर्ता उफार्ने प्रचण्ड जस्तासँग एमालेले वाम एकताको नाममा अर्को गल्ती नगर्ने बताए । उनले जनयुद्ध लडेकाहरूलाई समेत धोखा दिनेसँग यस्तै कुरामा अल्झिने हो भने पार्टी बलियो नहुने बताए ।

घनश्याम भुसाल लगायतका नेताहरूलाई ओलीले भने- हामी विभिन्न झमेलामा अलमलिएर हुँदैन। अब यतिकै डिबेटिङ सोसाइटी जस्तो गरेर हुँदैन । हाम्रो बहस भनेको नै परिवर्तनका लागि हो । हामी विचार,विधान र विधिमा आबद्ध छौँ । पार्टी विचार प्रतिकुल हुनेगरि कुनै विचार हुँदैन । एक्लै हिँड्ने काम नगर्नुस् यो ठिक तरिका होइन आफ्नो लयमा होइन पार्टीको लयमा सबै साथीहरू हिँड्नपर्छ।


प्रतिक्रिया

2 thoughts on “एमाले बैठकमा अध्यक्ष ओलीले भने- पार्टीलाई प्रचण्डको कब्जामा जानबाट रोक्न संसद विघटन जरुरी थियो

  1. एकदम ठिक कुरा । हत्यारालाई पार्टीकाे कमाण्ड दिने कुरै थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर