संवैधानिक इजलासबाट प्रधानन्यायाधीशलाई अलग गर्न नमिल्ने दाबी गरिएको रिट खारेज – Nepal Press

संवैधानिक इजलासबाट प्रधानन्यायाधीशलाई अलग गर्न नमिल्ने दाबी गरिएको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासबाट प्रधानन्यायाधीशलाई अलग गर्न नमिल्ने तथा प्रधानन्यायाधीशको अनुपस्थितिमा सुनुवाइ हुन नसक्ने दाबी गरिएको रिट खारेज गरेको छ ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासले अधिवक्ता गणेश रेग्मी र दीपकविक्रम मिश्रले दायर गरेको रिट खारेज गरेको हो ।
संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश र अध्यादेशअनुसार भएका नियुक्तिविरुद्ध दायर भएका रिटको सुनुवाइका क्रममा अहिले निलम्बनमा परेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा संवैधानिक इजलासबाट अलग हुनुपर्ने ‘परिस्थिति’ सिर्जना भएपछि रेग्मी र मिश्रले सर्वोच्चमा रिट दायर गरेका थिए ।
संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश तथा अध्यादेशअनुसार भएका नियुक्ति विरुद्धका रिटमा विपक्षी बनाइएका कारण प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासबाट अलग हुनुपर्ने माग रिट निवेदक तथा निवेदक पक्षका कानुन व्यवसायीले गरेका थिए ।
संवैधानिक इजलासमा सुनुवाइकै क्रममा आफूमाथि प्रश्न उठेपछि राणाले मौखिक आदेश गर्दै इजलासबाट अलग हुने भनेका थिए । त्यसलगत्तै अधिवक्ता रेग्मी र मिश्रले रिट दर्ता गरेको थिए ।
संवैधानिक इजलासलाई एकल इजलासले मुद्दाको सुनुवाइ गर्न रोक्नु न्यायिक अराजकता भएको भन्दै नेपाल बारले उक्त एकल इजलासको आदेश खारेजीको माग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *