स्थानीय चुनाव लक्षित एकीकृत सुरक्षा नीति पारित – Nepal Press

स्थानीय चुनाव लक्षित एकीकृत सुरक्षा नीति पारित

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता विहीबार बसेको सुरक्षा समितिको बैठकले सो नीति पारित गरेको हो ।

‘सुरक्षा समिति बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ,’ गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नीतिले सहयोग पुग्ने बताए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा रणनीतिबारे धारणा राखेका थिए ।

सुरक्षा समितिको बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीको शुक्रबारबाट हुन लागेको तीन दिने नेपाल भ्रमणको सुरक्षा व्यवस्थापनबारे पनि छलफल भएको थियो ।

गृहमन्त्री खाणको अध्यक्षतामा भएको बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल, गृहप्रवक्ता पोखरेलसहित उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर