कसैप्रतिको द्वेष र आग्रहले राजनीतिक नीति बनाउदैनौं : ओली – Nepal Press

कसैप्रतिको द्वेष र आग्रहले राजनीतिक नीति बनाउदैनौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुको द्वेष वा आग्रहले आफूहरूले राजनीतिक नीति नबनाउँने बताएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीद्वारा लिखित पुस्तक ‘दिशाबोध’को विमोचन गर्दै उनले भने,‘हामी कसैप्रतिको द्वेषले, कसैप्रतिको आग्रहले कुनै राजनीतिक नीति बनाउँदैनौं, अथवा यात्रा तय गर्ने गर्दैनौं ।’

गन्तव्य निर्धारण गरेर मात्र आफ्नो यात्राको प्रस्थान हुने उनले बताए ।

‘हामीले साम्यवादको गन्तव्य भनेका छौं, समाजवादको गन्तव्य भनेका छौं,’ उनले भने,‘ती कुराहरूलाई सहज ढंगबाट अहिलेका लागि समृद्ध नेपाल, सुखी नेपाली गन्तव्य भनेका छौं ।’ जस्लाई नेपालीको जनताको आंकाक्षासँग जोडेर एमालेको गन्तव्यका रूपमा लिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर