माधव नेपालसहित चार सांसद पक्ष रहेको मुद्दामा सुनुवाइ हुँदै
काठमाण्डौं । नेकपा (एमाले)बाट अगल भएर छुट्टै दल नेकपा (एकीकृत समाजवादी) स्थापना गरेको लामो समयपछि एमाले वरिष्ठ नेताको हैसियतबाट माधवकुमार नेपालले दायर गरेको रिट निवेदनमा बिहीबार सुनुवाइ हुँदै छ ।
रिट निवेदक नेपालसँगै एमाले उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे रहेका छन् ।
उनीहरू पक्ष रहेको रिटको न्यायाधीश द्वय टंकबहादर मोक्तान र नहकुल सुवेदीको इजलासमा हुँदै छ । तत्कालीन एमालेमा असन्तुष्ट रहँदा उनीहरूले पार्टीले स्पष्टीकरण सोधेर सांसद पदबाट हटाउने गरिएको कारबाही प्रक्रिया सुरु गरेपछि रोक्न माग गर्दै २०७८ वैशाख ९ मा रिट दायर गरेका थिए ।
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै २०७८ वैशाख १३ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सांसद पदबाट नहटाउनु भन्ने निवेदकहरूको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।