प्राधिकरणले प्रतियुनिट ३८ रूपैयाँमा भारतसँग बिजुली किन्ने (भिडिओ) – Nepal Press

प्राधिकरणले प्रतियुनिट ३८ रूपैयाँमा भारतसँग बिजुली किन्ने (भिडिओ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतसँग चर्को मूल्यमा विद्युत खरिद गर्ने भएको छ । भारतले युक्रेन संकटको कारण देखाउँदै अस्वभाविक मूल्य बढाएको हो ।

प्राधिकरणका अनुसार प्रतियुनिट २० भारु (३८ रुपैयाँ) मा नेपालले भारतको बिजुली किन्ने गरी सहमति भएको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विहीबार राति १२ बजेर १५ मिनेटदेखि नेपालमा भारतको बिजुली उपलब्ध हुने बताए ।

भट्टराईका अनुसार अघिल्लो वर्ष यही समयमा ८०० मेगावाट विजुली भारतबाट आयात भएको थियो । अहिले भने ३५० मेगावाट मात्रै आयात भइरहेको छ । भारतबाट खरिद गरिएको बिजुली उद्योगहरुलाई दिएर आपूर्ति सुचारु गरिने प्राधिकरणले बताएको छ ।

विद्युत अभावका कारण प्राधिकरणले उद्योगहरुलाई दिने बिजुलीमा कटौती गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर