अमेरिकी पहिलो महिला विदेशमन्त्रीको निधन
न्युयोर्क। संयुक्त राज्य अमेरिकाको पहिलो महिला विदेशमन्त्री मेडेलिन अल्ब्राइटको ८४ वर्षको उमेरमा हिजो बुधबार मृत्यु भएको छ ।
म्याडेलिनको परिवारले जारी गरेको विज्ञप्ती अनुसार क्यान्सरको कारण उनको मृत्यु भएको हो । ‘क्यान्सरको कारण हामीले माया गर्ने आमा, हजुरआमा, बहिनी, काकी र साथी गुमायौं।’ जारी विज्ञप्तीमा उल्लेख छ ।
अल्ब्राइटलाई सन् १९९६ मा अमेरिकाको शिर्ष कूटनीतिज्ञको रूपमा छनोट गरिएको थियो भने उनले संयुक्त राष्ट्र संघका लागि क्लिन्टनकी राजदूतरुपमा समेत सेवा गरेकी थिइन् ।
सो समयमा देशको सर्वोच्च पदमा बस्ने उनी पहिलो महिला थिइन् यद्यपी उनको जन्म चेकोस्लोभाकियामा भएको कारण उनी राष्ट्रपति पदका लागि भने प्रतिशप्रधा गर्न सकिनन् । उनलाई सन् २०१२मा स्वतन्त्रताको पदकद्वारा सम्मान गरिएको थियो । अमेरिकामा उक्त पदकलाई सर्वोच्च नागरिक सम्मानको रुपमा लिने गरिन्छ ।
Hearty Condolence