एमाले बैठक- स्थानीय तहका उम्मेदवारको सिफारिस चैत मसान्तभित्र
नेपाल प्रेस
२०७८ चैत १० गते १५:२२
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारकोे सिफारिस गरिसक्न मातहत कमिटीलाई निर्देशन दिएको छ ।
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले ढिलोमा चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्नुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले एमालेले जित्ने भने यो निर्वाचन सफल नहुने र कर्मकाण्डमा सीमित हुने भन्दै सबै एउटै संकल्प र अठोटका साथ जानुपर्ने बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर