उत्तर कोरियाले प्रतिबन्धित अन्तरमहादेशीय मिसाइल परीक्षण गरेको जापानको आरोप – Nepal Press

उत्तर कोरियाले प्रतिबन्धित अन्तरमहादेशीय मिसाइल परीक्षण गरेको जापानको आरोप

एजेन्सी । जपानले उत्तर कोरियाले प्रतिबन्धित अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम)को परीक्षण गरेको आरोप लगाएको छ । जापानले गरेको दाबी अनुसार उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक याे मिसाइलको परीक्षण गरेको हो ।

जापानिज अधिकारीहरुका अनुसार उत्तर कोरियाले आज परिक्षण गरेको उक्त मिसाइल ११०० किमीको दूरी तय गरी जापानको सिमाना क्षेत्र भित्र अवतरण गरेको छ । आईसीबीएम नामक मिसाइलले मानक प्रक्षेपणद्वारा हजारौ किमीको दुरी तय गर्न सक्ने बताइन्छ ।

यस् सन्दर्भमा उत्तर कोरियाले भने आईसीबीएम नभई उपग्रह प्रक्षेपण गरिएको दाबी गरेको छ । जापानिज अधिकारीहरुका अनुसार बिहीबार उत्तरकोरियाले परीक्षण गरेको मिसाइल सन् २०१७ कोभन्दा पनि अत्याधुनिक रहेको र यसले ६ हजार किमीसम्मको दूरी तय गर्नसक्ने बताएका छन् । उत्तर कोरियाले हालैका हप्ताहरूमा क्षेप्यास्त्र परीक्षण कार्यलाई तिव्रता दिइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर