भरतपुर माओवादी नेता तथा पूर्व वडाध्यक्ष पौडेल एमालेमा प्रवेश – Nepal Press

भरतपुर माओवादी नेता तथा पूर्व वडाध्यक्ष पौडेल एमालेमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का चितवन जिल्लाका नेता तथा भरतपुर महानगरपालिकाका पूर्व वडाध्यक्ष खेमराज पौडेल बिहीबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठक चलिरहेका बेला बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा पौडेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

पौडेल २०४९ सालमा भरतपुर वडा नम्बर १ बाट वडाध्यक्ष निर्वाचित भएका थिए भने २०६९ देखि २०७१ सालसम्म जनप्रतिनिधि नभएका बेला महानगरपालिकामा नेकपा माओवादी केन्द्रको प्रतिनिधि थिए ।

पार्टी प्रवेश कर्यक्रममा उपाध्यक्ष सुरेन्द्र पाण्डेसहित चितवनका एमाले नेताहरु थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर