ठेकेदारले काम नगरेपछि स्थानीयद्वारा सातदोबाटो-हरिसिद्धी सडक बन्द – Nepal Press

ठेकेदारले काम नगरेपछि स्थानीयद्वारा सातदोबाटो-हरिसिद्धी सडक बन्द

लतिलपुर । स्थानीयको अवरोधका कारण ललितपुरको हरिसिद्धीमा सवारी आवागमन बन्द भएको छ । समयमा सडक मर्मत नगरेको भन्दै त्यहाँ पटकपटक अवरोध हुँदै आएको छ ।

सातदोबाटोबाट हरिसिद्धी हुँदै गोदावरी जाने सवारी साधनलाई क्यान्सर अस्पताल र सानागाउँबाट साथै गोदावरीबाट आउने सवारीसाधनलाई ठैब, सानागाउँ, इमाडोल, ग्वार्को हुँदै आउने व्यवस्था मिलाइएको छ ।

ग्राभेल गरेर त्यत्तिकै छाडेका कारण सडकमा खाल्डाखुल्डी धेरै परेको छ । ठेकेदारले चाँडै काम सक्ने प्रतिबद्धता जनाए पनि सडक भने मर्मत हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *