नेकपा एसका प्रवक्ता भन्छन्- कांग्रेसले नचाहे जसपा र माओवादीसँग गठबन्धन गर्छौं (भिडिओ) – Nepal Press

नेकपा एसका प्रवक्ता भन्छन्- कांग्रेसले नचाहे जसपा र माओवादीसँग गठबन्धन गर्छौं (भिडिओ)

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले चुनावी तालमेलमा नेपाली कांग्रेस सहभागी नभए जनता समाजवादी पार्टी र माओवादी केन्द्रसँग गठबन्धन हुने बताएका छन् ।

जनकपुरधामस्थित नेकपा एसको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले कांग्रेसका केही नेता गठबन्धनको विपक्षमा रहे पनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताए ।

उनले भने, ‘कांग्रेस गठबन्धनको विपक्षमा रहेको पनि भन्न नसकिने अवस्था छ । केन्द्रीय कमिटीको बैठकले आधारभूत निर्णय लिएपछि प्रक्रिया अगाडि बढ्छ ।’

कांग्रेस गठबन्धन नगर्ने निर्णय गरेमा मधेसमा जसपा र माओवादी केन्द्रसँग गठबन्धन हुने उनको दाबी छ ।

‘राजनीतिक स्थिरता, प्रतिगमन विरुद्ध, लोकतन्त्रको पक्ष र संविधानको रक्षाका लागि गठबन्धन बनाएका थियौं’, खतिवडाले भने, ‘अहिले पनि प्रतिगठमनकारीहरू षड्यन्त्र गरिरहेको छ । त्यसैले त्यस्तो षड्यन्त्रकारीलाई परास्त गर्न राष्ट्रका लागि आज पनि गठबन्धनको आवश्यकता छ ।’

राष्ट्रको हितकै लागि दलहरूबीच एकता कायम राख्न एमसीसी सदनबाट पारित गरेको खतिवडाको जिकिर छ ।

उनले भने, ‘यदि राष्ट्रहितविपरीत काम गर्न थाल्यो भने त्यो बेला व्याख्यात्मक टिप्पणी पल्टाउछौं । र, एक महिनाको सूचना निकालेर एमसीसी सम्झौता खारेज गर्छौं ।’


प्रतिक्रिया

One thought on “नेकपा एसका प्रवक्ता भन्छन्- कांग्रेसले नचाहे जसपा र माओवादीसँग गठबन्धन गर्छौं (भिडिओ)

  1. राजनीति सकियाे अब । उदयपुरमा भेडा चरायर बसे हुन्छ । विदेशीकाे दलाली गरे जस्ताे जनताले पत्याउने कुरा सजिलाे हुँदैन । गठबन्धनमा पनि कसले पत्याउने ? प्रधानमन्त्री खान पाएर देउवाले अलिअलि मन्त्री दिएकाे हाे । अब किन दिनु तिमीहरूलाई ? प्रचण्डले एमाले फुटाएमा आफू ठूलाे भइन्छ भन्ने ठानेकाे हाेला । त्याे पनि सकियाे । प्रचण्डकाे पनि सकियाे राजनीति । चितवन गएर नारायणीमा माछा मारेर गुजारा गर्ने हाे अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर